महालक्ष्मी विकास बैंकले सञ्चालन गर्‍यो संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

महालक्ष्मी विकास बैंकले सञ्चालन गर्‍यो संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौं : महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ। शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो। 

सोहीअन्तर्गत महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाद्वारा रोटरी क्लब अफ ठमेल काठमाडौं र रोट र्‍याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना ‘परियोजना न्यानो’अन्तर्गत पुस १३ गते ईश्वरपुर नगरपालिका-२, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्यांकेट र कपडाहरू वितरण गर्न आर्थिक सहयोग गरेको छ। 

त्यसै गरी बैंकको राजापुर शाखाद्वारा मंसिर २२ गतेदेखि मंसिर २९ गतेसम्म धार्मिक सप्ताह श्रीमद् भागवत ज्ञानमहायज्ञ संचालन भएकोमा अमर शहिद बहुमुखी क्याम्पस सँगको सहकार्यमा उक्त अवधिभर जथाभावी भएको फोहोर संकलन तथा क्याम्पस रोड र क्याम्पस परिसर भित्र सरसफाई गर्न तथा फोहोरमैलाहरु व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ। 

राजदेवी साङ्गीतिक समुह, कलैया बाराले कलैया-१ स्थित राजदेवी माता मन्दिरको प्रांगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा आवश्यक पर्ने फलफूल, जुस, साउण्ड सिस्टम, मिठाई लगायतका सामग्रीहरू खरिद गर्न यस बैंकले आर्थिक सहयोग गरेको छ। बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.