गोलन्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

गोलन्जोरको घोक्सिला खोलामा पक्की पुल निर्माण सुरु

कुल ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसामा आगामी १८ महिनाभित्र सम्पन्न गर्ने गरी ७० मिटर लामो मोटरेवल पुल निर्माणको जिम्मा सिर्जना निर्माण सेवाले पाएको छ।

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ र ७ जोड्ने घोक्सीला खोलामा पक्की पुल  निर्माण थालिएको छ। गोलन्जोर गाउँपालिका ६ घोक्सिला र ७ को माथिल्लो बारा जोड्ने गरि झन्डै साढे ९ करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण थालिएको हो। 

पुलले बीपी राजमार्गसँग जोडिएर गाउँपालिकाकै बैकल्पीक मार्गका रूपमा घोक्सिला, छेत्पा, नयाँखर्क, नाकाजोली हुँदै हैबारबेसी जोड्ने छ। कुल ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसामा आगामी १८ महिनाभित्र सम्पन्न गर्ने गरी ७० मिटर लामो  मोटरेवल पुल निर्माणको जिम्मा  सिर्जना निर्माण सेवाले पाएको छ। 

बागमती प्रदेश  भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुलीसँग पुल निर्माणका लागि   सिर्जना निर्माण सेवाले २०८१ जेठ १४ गते ठेक्का सकार गरेको थियो। उक्त पुलको निर्माणकार्य गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौंपाने (पुकार) ले एक कार्यक्रमका विच संयुक्त रूपमा शिलान्यास गरेपछि सुरु गरिएको हो।

उक्त पुल निर्माण सम्पन्न हुँदा गाउँपालिका कार्यालयसंग ग्रामीण भेका नागरीकको बह्रमहिनानै यातायात पहुँच पुग्ने गाउँपालिकाका अध्यक्ष बरालले बताए। घोक्सीला खोलामा पुल नहुँदा यसअघि वर्षातका ६ महिना यातायात ठप्प हुने गरेको थियो। 

अध्यक्ष बरालले भने ‘घोक्सीला खोलामा पुल नहुँदा हामीले बर्खामा धेरै नै दुःख भोग्नु परेको थियो। वर्षौंदेखिको प्रयासपछि बल्ल गाउँमा पक्की पुल निर्माण सुरु भएको छ। यो गाउँपालिकाको लागि अत्यन्त ठूलो योजना हो। यसलाई समयमानै सम्पन्न गर्न सबै क्षेत्रबाट पहल र सहयोग गर्न आवश्यक छ।’ 

गाउँपालिकाका उपाध्यक्ष न्यौपानेका अनुसार उक्त पक्की पुलले गाउँपालिकाका आधा भागका नागरिकलाई सहयोग पुग्ने  छ। यो पुललाई मध्यपहाडी लोकमार्गको विकल्पका रूपमा समेत हेरिएकाले समयमा र गुणस्तरीय निर्माणमा पालिकाले जोड दिने उनको भनाइ छ। 

मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ६ को अक्करेभिरमा हिउँद बर्खा बाह्रै महिना पहिरो खस्ने गरेको छ। उक्त ठाउँबाहेक खुर्कोटदेखि गोलन्जोर गाउँपालिका ३ को ग्वाल्टारसम्म मात्र आधा दर्जन बढी स्थानमा पहिरोको डर छ। ती क्षेत्रमा पहिरोले मध्य पहाडी लोकमार्ग अबरुद्ध हुँदा वैकल्पिकक मार्गका रूपमा खुर्कोटमाथि बाराबाट यस पुल हुँदै घोक्सिला, छेत्पा, नयाँखर्क, नाकाजोली हुँदै हैबारबेसी सडकको प्रयोग गर्न सकिन्छ।

पुल निर्माणको काममा प्राविधिक समस्या नआए तोकिएकै समयभित्र सम्पन्न गरिने पुल निर्माण कम्पनी   सिर्जना निर्माण सेवाका प्रमुख उद्धव दाहालको भनाइ छ।   सिर्जना निर्माण सेवा जिल्लामा पुल तथा भवन निर्माणमा गुणस्तर सहित समयनै निर्माण सम्पन्न गरी सरकारबाट पुरस्कृतसमेत भएको कम्पनी हो। 

पुल शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बराल उपाध्यक्ष न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द कान्त चौधरी, एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश बराल,   श्रृजना निर्माण सेवाका प्रतिनिधि उद्धव दाहाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.