हाइटीमा गोली चल्यो, दुई पत्रकार र एक प्रहरीको मृत्यु
क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोली चल्दा २ पत्रकारसहित ३ जनाको मृत्यु भएको छ।
हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने अन्य धेरै जना घाइते भएका छन् ।
यो सार्वजनिक अस्पताल साउन अघि हिंसात्मक समूहले कब्जा गरेको थियो।
गोली चल्दा पत्रकारहरु स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए । रिपोर्टका अनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको हो । उक्त कार्यक्रममा एक हतियारधारी व्यक्तिले गोली चलाएको जनाइएको छ ।
हाइटी क्यारिबियन सागर मा स्थित एक देश हो। बीबीसी