मिर्मिमा टयाक्टर दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

मिर्मिमा टयाक्टर दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते
सांकेतिक तस्बिर।

स्याङ्जा : कालीगण्डकी गाउँपालिका–३ विर्घा–मिर्मी सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

आलमबाट बिर्घातर्फ जाँदै गरेको ट्रली नभएको सिरक–डसना बनाउने मेसिन जोडिएको लु ४ त ७८३१ नम्बरको टयाक्टर पक्की भित्री सडकखण्डमा मंगलबार साँझ करिब ८  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

बारा-गढीमाई नगरपालिकाका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरले च्यापिएका उनलाई उपचारका लागि कालीगण्डकी अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए। 

यसैगरी, बारा-कलैया उपमहानगरपालिकाका २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिकाका २६ वर्षीय सलाम मुदिन मन्सुरी दुर्घटनामा परी घाइते भएका प्रहरीको भनाइ छ। 

घाइते दुबैको टाउका र शरीरका भागमा चोट लागेको छ। उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा पठाइएको छ। टयाक्टरमा सवार बारा गढीमाई का १४ वर्षीय सिकन्दर यादव भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

ट्याक्टर चालक गुल्मी कालीगण्डकी गाउँपालिकाका २६ वर्षीय सन्दीप वि.क. फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.