कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्ने

कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्ने

काठमाडौं : कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ। समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्तापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो।

पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरू काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए। काठमाडौं महानगर प्रहरीहरूले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनले बताए।

उनले अदाललते कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको विपरीत काम गरिरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.