मुसहर बस्तीमा न्यानो कपडा वितरण
वीरगन्ज : पर्साको सखुवाप्रसौनी गाउँपालिका -३, कौवाबन र कटैया गाउँका मुसहरबस्तीमा न्यानो कपडा वितरण गरिएको छ । अमर क्षेत्री फाउन्डेसनले मुसहरवस्तीमा कम्बल, ज्याकेट, टोपी ,स्वेटरलगायतका लुगाकपडा वितरण गरेको हो।
फाउन्डेसनको आर्थिक सहयोगमा पिस फोर दलित फाउन्डेसन नेपालले बुधबार मुसहरवस्तीका १ सय महिला र पुरुषलाई १/१ थान कम्बल तथा १ सय २० जना बालबालिकालाई ज्याकेट, टोपी, ट्राउजर र स्वीटर वितरण गरेको हो ।
मुसहरवस्तीमा न्यानो लुगा वितरणका लागि अमर क्षेत्री फाउन्डेसनका अध्यक्ष अमर क्षेत्रीले २ लाख ६६ हजार रुपैयाँ उपलब्ध गराएको र त्यहि रकमबाट ती लुगाकपडा खरिद गरि वितरण गरिएको हो।
मुसहरवस्तीका वृद्धवृद्धा र बालबालिकाहरू चिसोमा न्यानो कपडाको अभावमा समस्यामा परेको जानकारी पाएपछि अमर क्षेत्री फाउन्डेसनका अध्यक्ष क्षेत्रीले आर्थिक सहयोग गरेका हुन्।