चितवनमा यसरी हुँदैछ यु-१९ महिला टोलीको विश्वकप तयारी

चितवनमा यसरी हुँदैछ यु-१९ महिला टोलीको विश्वकप तयारी

काठमाडौं : मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन्। चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारबाट प्रशिक्षण सुरु भएको हो।

बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी छन्। बन्द प्रशिक्षण पुस २२ गतेसम्म चल्नेछ। बन्द प्रशिक्षण सकिएलगत्तै आउँदो जनवरीमा हुने प्रतियोगिताका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्ने प्रशिक्षक महेशप्रसाद रिजालले बताए।

यु-१९ महिला क्रिकेट टिमका कप्तान पुजा महतोले चितवनको खेल मैदान राम्रो भएको र आफूहरूलाई चितवनमा अभ्यास गर्न पाउँदा खुसी लागेको बताइन्। उनले  अभ्यासको क्रममा आफूहरूमा रहेको कमजोरी पक्षलाई सुधार गर्ने बताइन्।

अभ्यासका लागि चितवन पुगेका खेलाडीहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले स्वागत गरेका थिए। भरतपुर महानगरपालिकाकी मेयर दाहालले चितवनमा बन्दै गरेको रंगशालाको नमुना मैदानमा हुने अभ्यासले रंगशाला निर्माणमा दबाब पर्ने बताइन्।

त्यस्तै उपमेयर चित्रसेन अधिकारीले विश्वकप खेलको लागि चितवनलाई छनौट गरेकोमा क्यानलाई धन्यबाद दिँदै विश्वकप प्रतियोगितामा विजयको लागि अग्रिम शुभकामना दिए। अभ्यास खेलमा आएका खेलाडीहरूलाई महानगरको तर्फबाट सहयोग गर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.