दीपेन्द्र सिंह ऐरीले जितेको कारको कर शारडा ग्रुपले तिरिदिने

दीपेन्द्र सिंह ऐरीले जितेको कारको कर शारडा ग्रुपले तिरिदिने

काठमाडौं  : नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ भएका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ओमोडा ईफाइभ डिलक्स एसयूभीसहित पुरस्कृत गरेको छ । 

एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को कम्पनी शारडा ग्रुपले उक्त पुरस्कार दिएको हो । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक समेत हो ।

प्रतियोगिताभरी दीपेन्द्रले ९ खेलमा २२७ रन, ९ विकेट, सात रन–आउट गराउँदै आफ्नो टोलीलाई फाइनल खेलसम्म सफलताको यात्रामा पुर्‍याएका थिए । लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो । पुरस्कारबापत गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने जनाएको छ ।

२०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको अत्याधुनिक विशेषता र आकर्षक डिजाइनसहितको यो अल–इलेक्ट्रिक एसयूभीले ऐरीको उल्लेखनीय प्रदर्शनको सम्मान तथा हौसलाको रूपमा काम गर्ने कम्पनीले जनाएको छ । 

नेपाल प्रिमियर लिगको पहिलो संस्करणका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुस ६ गतेसम्म भएको थियो । क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्रिभन बाइ’ सहप्रायोजकका रूपमा ओमोडा एन्ड जेइको हरेक खेलमा उपस्थित रहेको थियो ।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिगको यो सफल साझेदारीले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्दै नेपालमा खेल क्षेत्रको समग्र उचाइ बढाउन योगदान पुर्‍याएको कम्पनीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.