रुपन्देहीमा नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

रुपन्देहीमा नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

भैरहवा : रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना युवतीसहित दुईजनालाई पक्राउ गरेको छ ।  घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

जबरजस्ती करणी आरोपमा सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर विश्वकर्मा र मतियारमा सोही स्थानको २१ वर्षीया कविता चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए । रन्यौरा प्रहरीले उनीहरूलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको छ । 

जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दायर गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.