सेयर बजारमा सामान्य अंकको वृद्धि,५ अर्ब ३२ करोडको कारोबार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ बिन्दुमा पुगेको हो। बुधबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। मंगलबार परिसूचक १४ अंकले बढेको थियो। सो दिन ५ अर्ब २० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ। यसदिन ३१० स्क्रिप्सको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँमा खरिदबिक्री भयो।
दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो।
आज पाँचवटा कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,नारायणी डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,जोशी हइड्रोपावर डेभलपमेन्टको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसदिन कारोबार रकमका आधारमा प्रभु बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५० करोड ७७ लाख ८३ हजार ७०३ मूल्यको सेयर कारोबार भयो। जानकी फाइनान्सको २२ करोड,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ करोड,कुमारी बैंकको १४ करड र सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ७० स्टक्सको मूल्य बढ्दा १६३ वटाको घट्यो। बाँकी ९ स्टक्सको मूल्य स्थिर रह्यो। चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ,इन्भेस्टमेन्ट,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिएका हुन्।