सरकारले भन्यो- चीन र भारतबीचको सहमति प्राविधिकमात्र, यसले नेपाललाई प्रभाव पार्दैन

सरकारले भन्यो- चीन र भारतबीचको सहमति प्राविधिकमात्र, यसले नेपाललाई प्रभाव पार्दैन
फाइल तस्बिर

काठमाडौं : सरकारले भारत र चीनबीच भएको पछिल्लो सहमतिले नेपाललाई कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निष्कर्ष निकालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

हालै बेइजिङमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभलबीच मानसरोवर यात्राको सुरुवात गर्ने विषयमा सहमति भएको थियो। भारतीय तीर्थालुहरू लिपुलेक हुँदै कैलाश यात्रा गर्ने सहमतिमा उल्लेख भएको बताइएको छ।

प्रवक्ता गुरुङले उक्त सहमति दुई देशबीचको प्राविधिक विषयमात्र भएको र यसले नेपालको स्वाधीनतामा आँच नपुर्‍याउने बताए। 'चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभलबीच लिपुलेखका विषयमा जुन सहमति भएको भनिएको छ। त्यसले हाम्रो स्वाधीनता, नेपालको नक्सामाथि प्रभाव पार्ने ढंगले गरिएको होइन। सहमतिमा उनीहरूबीचको प्राविधिक कुरा समेटिएका छन्। यस विषयमा क्याबिनेटमा पनि लामो छलफल भयो। हामीले चिन्ता लिन नपर्ने र त्यसले हाम्रो स्वाभिमानमाथि प्रश्न नउठ्ने ढंगले सम्झौता भएको हो। त्यसैले चिन्ता लिनुपर्ने निष्कर्ष निकालिएको हो,' प्रवक्ता गुरुङले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.