मुद्दा परेको सडक
देशले रोटी मागेको धेरै भयो
मैले संसार हेर्न खोजेको पनि
को छ यो संसारमा बाहिर आएर रोक्ने
यहाँ आउने किन सबको
नमिलेको संसार
यहाँ बस्न राजी भयो
संसार बाहिर राखे
लुट्ने छ बाहिर
आफूलाई बाहिर राखे
सार्ने छ बाहिर संसार
प्रश्न गरेको धेरै भयो
नेपाल मागेको पनि बुद्धसित
मैले
नेपालसित सीता
विदा गर्न सक्दिनँ बुद्धलाई
सक्दिनँ स्वागत गर्न हिटलरलाई
नफेरेसम्म
हेर्न सक्दिनँ अहिले सहरलाई
गोली लागेर बांगिएको मेरो सहर
अझै सीधा भएको छैन
निकालेको छैन अझै कसैले
स्वीकार गरेको बारुद
मेरो निर्दोष हिमाल साटेर बसिरहेछ
सहर
यस बेला मेरो आँखाको शक्ति घटाउन भनिरहेछन्
देशको रगत चाटेर बस्नेहरू
स्मृति घटाउन भनिरहेछन्
मेरो जमिन बिर्सन
बाबाआमाले मेरो जन्मोत्सव मनाउन
मलाई देखाएको जमिन
कुल्चिएर उभिएको छ
अहिले भ्रष्टाचारीको सालिक
शत्रु पनि मित्र हुन्छ
मित्र शत्रु हुन्छ
पढाउँदै छ राजनीति गर्ने इतिहास सहरलाई
उता हमास
इजरायल
यता प्रोपोगन्डा वार छ
निक्लन हुन्छ÷हुँदैन बाहिर थाहा छैन
छोडेको छैन सगरमाथाले
मेरा बाबाको रगत उसको भन्न
छोडेको छैन वाग्मतीले
मेरी आमाको पसिनाको
थोपा गन्न
किन बसेको छ सहरमा
गल्ती गर्ने
आफूलाई न्यायाधीश बनाएर
फैसला गर्ने
फ्याँक्दैछ मेरो कुण्डली उठाएर
सहरबाहिर