तीन दिनको मौसम पूर्वानुमान

बिहानैबाट हिउँदे वर्षा सुरू, आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

बिहानैबाट हिउँदे वर्षा सुरू, आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?
सुन्नुहोस्

काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा आज बिहानैबाट हिउँदे वर्षा सुरू भएको छ। पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान जारी गरेको बुलेटिनमा पानी पार्ने प्रणाली पश्चिमबाट विस्तारै पूर्वतिर सर्दै गरेको उल्लेख छ। सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको भइरहेको छ। आज बेलुकासम्म काठमाडौंसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम र कर्णालीसहित लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहने छ।

‘सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी भूभागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहने छ।’ आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले भनेको छ,  ‘बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानहरूमा हुस्सु / कुहिरोको सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’ 

आइतबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहने छ। राती गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनेछ।

सोमबार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.