गुल्मीमा टिपर दुर्घटना : चालकको मृत्यु ,सहचालक घाइते

गुल्मीमा टिपर दुर्घटना : चालकको मृत्यु ,सहचालक घाइते
सुन्नुहोस्

गुल्मी : गुल्मीमा गए राती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-२ पाहादी स्थित कालिगण्डकी करिडोरमा लु १ क ५४०० नम्बरको टिपर  दुर्घटना हुँदा २४ वर्षीय चलाक श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए । 

चलाक कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र जोहाङले उपचारको क्रममा मृत घोषणा गरेको थियो । शुक्रबार रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको टिपर राती १०:३० बजेतिर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी निरीक्षक थापाले बताए ।

मृतक चालक पाल्पा जिल्लाको रैनादेवी गाउँपालिका-१ का स्थानीय बासिन्दा हुन् । त्यस्तै दुर्घटनामा परेर २३ वर्षीय सहचालक मोहन जैसी घाइते भएका छन् । घाइते भएका जैसीको घर सल्यान जिल्लाको बनगाड गाउँपालिका-७  रहेको प्रहरीले जनाएको छ । 

टाउको र आँखी भौमा चोट लागेर घाइते भएका जैसी प्राथमिक स्वास्थ्य केन्द्र जोहाङबाट सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.