सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
काठमाडौं : सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छन्। वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।
२०६५ भदौ २ गते न्यायाधीशमा नियुक्त भएका उनी २०७० २९ चैतमा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका हुन्। उनी त्यसपश्चात मानव अधिकार आयोगको सदस्य बनेका थिए। वस्ती न्यायाधीश हुनुपूर्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कानुनी सल्लाहकार थिए।
वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका हुन्। उनले कानुनसँग सम्बन्धित विभिन्न पुस्तक लेखेका छन्।