तानसेनलाई महिलामैत्री सहर बनाउन साप्ताहिक मेला

तानसेनलाई महिलामैत्री सहर बनाउन साप्ताहिक मेला

तानसेन : तानसेनलाई महिलामैत्री सहर बनाउन साप्ताहिक मेला सञ्चालन गरिएको छ। तानसेन नगरपालिकाको सहयोगमा बजार क्षेत्रलाई चहलपहल बढाउन, दरबार क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन, मखनटोल टोल विकास संस्थाले साप्ताहिक मेला सञ्चालन गरेको हो। 

महिलाहरूलाई बाहिरी परिवेशमा घुलमिल बनाउन, उनीहरूको सिप र जागरलाई व्यावसायिक बनाउन, आय आर्जनमा क्रियाशील बनाउन, दुई चार हजार आफै कमाउने, आफैं खर्च गर्न सक्ने बनाउने, महिलाहरूलाई आर्थिक कारोबार गर्न गराउन अभ्यास गराउन, महिलालाई उद्यमी बनाउने अभियानका साथ पाल्पा दरबारको बाहिरी क्षेत्रमा साप्ताहिक मेला सञ्चालन भएको छ। 

पाल्पा दरबार संग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका  ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछि विगत दुई वर्षदेखि  मखनटोल सुनसान बनेको थियो। साप्ताहिक मेलामा महिलाहरूले उत्पादन गरेका हेन्डिक्राफ्ट, विभिन्न सरसामानहरू, ढाकाका कपडाहरू बिक्रीमा राखिएका थिए। महिलाहरूले बनाएका विभिन्न आचार, रोटीका परिकार, विभिन्न चिजबिजका सिन्की, तितौरा, जाम, जुस, जेली लगायतका सरसामानहरू उपभोक्ताले मन पराएका छन्। 

मेलामा  महिलाहरूले अर्गानिक कोदो, फापर, गहुँ लगायतका परिकार, स्थानीय चलनचल्तीका परिकारहरू, घरमै बसेर निर्माण गरेको ससाना उद्योगबाट उत्पादित सरसमान झिनियाँ रोटी, अचार, तितौरा, सिन्की, गुन्द्रक, धुपबत्ती, टपरी, ढाका, मसला, बेसार लगायतका सरसामानहरू बिक्री गरी आम्दानी गरेका छन्। 

मखनटोल टोल विकास संस्थाका अगुवाइमा तानसेनका सबै टोल विकास संस्थामा आबद्ध भएका महिलाहरूले प्रत्येक हप्ताको शुक्रबार मेलामा सहभागी भई उत्पादित सरसामान बिक्री गर्न पाउने व्यवस्था नगरपालिकाले मिलाएको छ। 

मेलामा स्टल राख्न र प्रवेश शुल्क निःशुल्क गरिएको छ। उक्त मेलामा पुरुषले भने स्थल राखेर बिक्री गर्न भने पाइँदैन। मखनटोल क्षेत्रलाई महिलामैत्री नमुना सहर बनाउने अभियानमा लागेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। सञ्चालित मेलामा २४ वटा स्टल रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.