सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० को मृत्यु, १७ घाइते

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २० को मृत्यु, १७ घाइते
सुन्नुहोस्

पश्चिमी सुडान : पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ। आक्रमण्बाट १७ जना घाइते भएका छन्।

शुक्रबार राति विद्रोही अर्धसैनिक आरएसएफले स्कुलमा चार बम खसालेको थियो। शनिबार बिहान उत्तरमा रहेको अबुशौक विस्थापन शिविरमा विद्रोही अर्धसैनिक आरएसएफले गोलाबारी गरे, जसमा एक नागरिकको मृत्यु भयो र एक युवती घाइते भइन्,’ उत्तरी डार्फर राज्यका स्वास्थ्य महानिर्देशक इब्राहिम खातिरले भने। 

गेजिरा राज्यको राजधानी वड मदनीमा रहेको प्रतिरोध समितिले भनेको छ, ‘शुक्रबार बिहान, आरएसएफले अल कमलिन क्षेत्रको अलसेरिहा गाउँमा भारी गोलाबारी र बमबारी गरेका छन्,’ समितिले भनेको छ, ‘अलसेरिहा गाउँका ५३ भन्दा बढी सर्वसाधारण मारिएका छन भने २ सयभन्दा बढी अन्य घाइते भएका छन्। 

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।’ विद्रोही अर्धसैनिक आरएसएफले एल फशरमा भएका दुई घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। उत्तरी डार्फर राज्यको राजधानी शहर एल फशरमा मे १० देखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच भीषण झडप भइरहेको छ।

अन्तर्राष्ट्रिय संस्थाहरूको पछिल्लो अनुमान अनुसार, सुडानमध्ये अप्रिल सन् २०२३ देखि विनाशकारी द्वन्द्वको चपेटामा छ। यसले कम्तीमा २९ हजार ६८३ जनाको ज्यान लिइसकेका तथा १४ लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.