दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा : ४७ जनाको मृत्यु

२ जनाको जीवितै उद्धार

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा : ४७ जनाको मृत्यु
सुन्नुहोस्

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य रहेका बीबीसी समाचारमा उल्लेख छ।

दक्षिण कोरियाको दमकल विभागले यस दुर्घटनामा कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ ।

जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको जनाइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।

दमकल विभागका अधिकारीहरूका अनुसार हालसम्म घटनास्थलबाट दुई जना जीवितै फेला परेका र उनीहरूलाई उद्धार गरिएको छ। उद्धार कार्य अझै जारी छ।

विमानको पछाडिको भागबाट यात्रुलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरुले बताएका छन् ।  समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए ।

दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एक जना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.