उद्योग बन्द हुँदा मजदुरलाई घरपरिवार चलाउनै गाह्रो

उद्योग बन्द हुँदा मजदुरलाई घरपरिवार चलाउनै गाह्रो
सुन्नुहोस्

विराटनगर : औद्योगिक क्षेत्र सुनसरीको दुहवीमा सञ्चालनमा रहेको युनाइटेड टेनरिज बन्द हुँदा मजदुरको बिचल्ली भएको छ। २०४६ सालमा स्थापना भई निरन्तर सञ्चालनमा रहेको सो उद्योग बन्द हुँदा त्यहाँ कार्यरत मजदुरहरूको बिचल्ली भएको हो।

दुहबी नगरपालिका वडा नम्बर ६ स्थित युनाइटेड टेनरिज गत असोज ६ गतेदेखि बन्द छ।

स्थानीयहरूको विरोधले गर्दा उद्योग बन्द भएको हो। जनावरको छाला प्रशोधन गरी इटली, चीन, भियतनाम, इन्डोनेसिया, टर्कीलगायतका मुलुकमा निर्यात गर्दै आएको यो उद्योग स्थानीयको विरोधका कारण बन्द भएको हो। 

दुर्गन्ध फैलाएका कारण मानिसमा विभिन्न रोग लागेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका आधारमा प्रशासनले उद्योग सञ्चालन नगर्न असोज ६ गते पत्र पठाएयता उद्योग बन्द छ। उद्योग बन्द हुँदा उद्योगमा प्रत्यक्ष रोजगारी पाएका ७० जना बेरोजगार भएका छन्। ७० जना मजदुरका करिब ५ सय जना मजदुर परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। उद्योग बन्द हुँदा मजदुरहरूलाई घरपरिवार चलाउन र छोराछोरी पठाउन समस्या भएको छ। 

युनाइटेड टेनरिज दुहबीमा कार्यरत मजदुर मो. कलामले काम बन्द हुँदा घर व्यवहार चलाउन समस्या भएको बताए। उनले ३० वर्ष निरन्तर काम गर्दै आएको उद्योग बन्द हुँदा गरीखाने बाटो बन्द भएको तथा छोराछोरी स्कुल पठाउन समस्या भएको सुनाए। अर्का मजदुर मो. समसुलले काम बन्द हुँदा घर बनाउन लिएको किस्ता तिर्न नसक्दा विचल्लीमा परको बताए। ‘४० वर्षदेखि काम गर्दै आएका छौं’, उनले भने – ‘अर्को फ्याक्ट्रीमा काम गर्न जादाँ सिप नभएको भन्दै काम नदिने गरेको अवस्था छ।’

टोलका केही स्थानीय युवाले नियोजित रूपमा छाला गन्हाएका नाममा उद्योग बन्द गराउन खोजेको केही स्थानीयको आरोप छ।

मजदुर पनि स्थानीय रहेको सो उद्योग सञ्चालन गर्न चाहिने आवश्यक प्रक्रिया पूरा गरे पनि स्थानीयहरूले नै उद्योग चल्न नदिने भन्दै बन्द गराएका हुन्। 

उद्योगले कानुन बमोजिम गर्नुपर्ने वातवरणीय प्रभाव मूल्यांकन नगरेका कारण प्रदेश सरकारले उद्योग सञ्चालनमा रोक लगाएको स्थानीय सरकारको भनाइ छ। 

दुहबी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष घनश्याम हलुवाईले वतावरणीय प्रभाव मूल्यांकन नगरेका कारण स्थानीयहरूले उद्योग बन्द गराएको बताएका छन्। तर, उद्योग सञ्चालकले वातावरण मन्त्रालयको निर्देशनबमोजिम उद्योग परिसरभित्रै प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्ने सार्वजनिक सुनुवाइ राखिएको थियो। तर वडाध्यक्ष हलुवाईले सार्वजनिक सुनुवाइ बाहिर गर्न लगाएर सुनुवाइबाट आएको सुझाव टिपोट गरिएको सबैको हस्ताक्षर भएको माइन्युट नै स्थानीयले च्यातिदिएका थिए। 

उद्योग सञ्चालक अरसलान अख्तरले उद्योगले वातवारणीय प्रभाव मूल्यांकन गर्ने प्रक्रियामा रहेको अवस्थामा गत पुस दुई गते सार्वजनिक सुनुवाइको कार्यक्रम गरेको बताए। उक्त कार्यक्रममा एउटा समूहले निर्णय पुस्तिका च्यातेर वातावरणीय प्रभाव मूल्यांकन गर्ने प्रक्रियालाई अवरोध गरेको बताउँदै उनले भने,  ‘आफ्नो उद्योग बन्द गराउने लक्ष्यका साथ एउटा समूह लागेर आफूलाई दुःख दिइरहेको छ। स्थापनाकालदेखि कसैलाई केही समस्या भएको थिएन’, उनले भने, ‘अहिले केही समूहले बन्द गराउन लागेको छ।’ 

उद्योगले वातावरणीय क्षति नगरेको उल्टो जनावरको छाला व्यवस्थापन गरी वातावरण जोगाएको उद्योगको तर्क छ। उद्योगले पानी प्रशोधन केन्द्र स्थापना गरिसकेकाले उद्योग सञ्चालन गर्न दिनुपर्ने उद्योगमा कार्यरत मजदुरहरूको माग छ। उद्योग करिव ५ महिनादेखि बन्द रहेको उद्योगलाई बदनामी गराउन एक समूहले बाहिरबाट बाख्राको छाला ल्याएर बस्तीमा फाल्दै उद्योगलाई बदनामी गराउन लागेको बताइएको छ। 

सुनसरीको दुहबीमा रहेको युनाइटेड टेनरिज प्राइभेट लिमिटेडले वार्षिक १५ करोड रुपैयाँको छाला निर्यात गर्दै आएको छ। उद्योगले मरेका जनावर र मासु खाएका जनावरको छाला संकलन तथा प्रशोधन गरी निर्यात गर्ने गरेको छ। ४५ वर्षअघि स्थापना भएको उक्त उद्योगलाई नेपाल सरकारले आठ वर्षअघि आईसीपी अवार्डसमेत दिएको थियो। उद्योगले छालाको जुता, व्यागलगायतका सामग्रीसमेत उत्पादन गर्ने तयारीमा जुटेको छ। उद्योगले सबै मापदण्ड पूरा गरेर टीओआरसमेत लिइसकेको छ। 

बन्द उद्योग अगाडि कार्यरक्त मजदुर । तस्बिर : जितेन्द्रनारायण ठाकुर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.