खाद्य प्रणालीको पुनर्संरचना

खाद्य प्रणालीको पुनर्संरचना

खानासम्बन्धी मौजुदा मूल्य–मान्यता, ज्ञानले बजार र आर्थिक शक्तिसँग अन्तक्र्रिया गरेर खाद्य प्रणाली पुनर्निर्माण हुन्छन् ।

आजकल हातमा पैसा छ भने आफूले खोजे जस्तो विविध खाना पाउन कठिन छैन। बजारले उपभोक्ताको घरमै खाना पुर्‍याउँछ। स्वादका हिसाबले आफ्नो परम्परागत खानाको स्वादमा सीमित हुन पनि पर्दैन, मूल्य तिर्न तयार भए जुन कुनै नाम चलेका परिकार ठाउँमा आइपुग्छ। तर, गुणस्तर ? जति पछि भयो त्यति नै खस्कँदो छ। माटोमा रोपेर उत्पादन हुने प्राकृतिक खानाभन्दा कारखानाले उत्पादन गरेका खानाको बर्चस्व बढ्दै छ। मानव घुमन्ते जीवनशैलीबाट स्थायी खेतीपातीमा आउनुपूर्व खाना पूर्णरूपमा प्राकृतिक प्रारस्थकीय सेवा थियो। प्रकृतिमा निःशुल्क उपलब्ध खाना मानवले आफ्नो आहाराका लागि खोज्दै जुटाउनुपथ्र्यो। हरेक व्यक्ति वा परिवार आफैं खाना संकलन गर्नु परे पनि खाना प्राकृतिक, विविधीकृत र पोषणयुक्त हुन सम्भव थियो। स्थायी खेतीपातीमा आएपछि परिवार उत्पादकमा परिणत भए।

त्यसैगरी, फसल पारिवारिक खानाका लागि उत्पादन हुन थाले। खानामा विविधता घटे पनि खाना प्राकृतिक उत्पादन सेवामा परिणत भयो। अक्सर हरेक परिवार उत्पादन र उपभोग एकाइ रहे। यस्तो उत्पादन प्रणालीलाई हामी निर्वाहमुखी भन्यौं। तर, त्यो निर्वाहमुखी खाद्य प्रणाली बढ्दो विश्वव्यापीकरणसँगै निरन्तर विघटित हुँदै निरन्तर बजार निर्देशित खाद्य प्रणालीमा रूपान्तरण हुँदै छ। खाद्य प्राप्तिका तरिका प्राकृतिक उपजको संकलनबाट उत्पादनमा परिणत भएपछि उत्पादकले आफ्नो परिवारको अतिरिक्त केही थपलाई खुवाउन सक्ने भए। यसको जगमा समाजमा संगठित शक्ति, राज्य र क्रमशः वस्तु तथा सेवा विनिमय हुन थालेपछि उत्पादन निर्वाहमुखीबाट बजारमुखी हँुदै वस्तुकरण हुन थालेको हो।

पछिल्लो समय खाना वस्तुकरण भएर तीव्र रूपमा बजार सेवामा परिणत हँुदै छ भने उत्पादकको तीव्र रूपमा वस्तुकरण हुँदै पूर्णरूपमा उपभोक्तामा परिणत भइरहेको छ। आफूले खाने खाना आफैं उत्पादन नगरेपछि खानाका लागि बजारमा आश्रित हुनुपर्छ। बिना पैसा बजारले खाना दिँदैन। पैसा कमाउन या त आफूलाई श्रमिक बनाउनुपर्‍यो या त अरूको श्रममा दलाली गर्नुपर्‍यो। यो दुवै तरिकाबाट मानव श्रमको वस्तुकरण हुन्छ।

यस क्रममा उत्पादकको उत्पादनका साधनमा जुन खालको सामाजिक सम्बन्ध थियो, त्यही रूपमा रहने कुरा भएन। उत्पादकहरू श्रमिकमा परिणत भएर उत्पादनका साधन र बजारका उपभोक्ता बने। उत्पादनका साधन र त्यसबाट हुने उत्पादनमा उनीहरूको स्वामित्व टुट्यो। यस क्रममा साना उत्पादक रहँदासम्मका सामाजिक सम्बन्ध र संरचनाले काम नगर्ने भए। खाद्य उत्पादन, वितरण र उपभोगका तरिकाका साथै यससँग सम्बन्धित सामाजिक सम्बन्ध र संरचना परिवर्तन भए। यसकै कारणले विकसित देशमा जनसंख्याको एक÷दुई प्रतिशत र यस धर्तीमा ६ प्रतिशत परिवारले खाद्य उत्पादन गरेर बाँकी बजारमार्फत खाना खाएर बाँच्न सम्भव भएको छ।

खाद्य प्रणाली समुदायको नियन्त्रणबाट बजारको नियन्त्रणमा पुगेसँगै यसका अवयवको निरन्तर पुनर्उत्पादन भइरहेको छ। निर्वाहमुखी र साना किसान साथै यससँग सम्बन्धित सामाजिक सम्बन्ध, संस्था, संस्कृति र परम्परा निरन्तर धराशायी हँुदै छन्। स्थानीय भूगोलमा सीमित सांस्कृतिक र सजातीय खालका सामाजिक संस्थाहरू निरन्तर विघटन हुँदै व्यावसायिक र बजार निर्देशित सामाजिक संस्थाहरूको निर्माण हुँदै छ। यस्ता संस्था समूह, समुदाय र समाज हुँदै विश्वव्यापी सञ्जालमा जोडिन थालेका छन्।

यसरी सामाजिक संस्थाको पुनर्उत्पादन हुँदा परम्परा, विश्वास, मूल्य मान्यतासँगै व्यक्तिको परिवार र समाजमा भूमिका परिवर्तन भएको छ। खेतीको चक्र र प्रकृतिमा पुजिने देउता परिवारको बसाइँसराइ सँगै सहरको छतमा पुर्‍याइएको छ। पारिवारिक खेती रहुन्जेल मानिने चाडपर्व खेती प्रणालीसँग तालमेल हुने खालका थिए। बाली लगाएपछि फसल लिने बेला विभिन्न खालका पर्व, पूजाआजा गरिन्थे। ती पूजा खेती लगाइसकेको उत्सव, फसल लिने बेलाको उत्सव र उत्पादन दिएकोमा प्रकृतिप्रति कृतज्ञताका लागि हुन्थे। खेती छाडेर सहरतिर बसाइँसराइ गरे सँगै सबै बिरानो भए।

कृषिमा आधारित जीविकोपार्जन हुँदा परिवारका हरेक सदस्यको लैंगिकताका आधारमा कार्य विभाजन हुने गरेकोमा कार्य विभाजनको नियम परिवर्तन भई परिवारको संरचना र लंैगिकताका हिसाबले हुने कार्य विभाजन पनि विस्तारै परिवर्तन हुँदै छ यसै भन्न कठिन छ। सामाजिक संस्थाको पुनर्निर्माणका कारणले खाद्य प्रणालीमा परिवर्तन ल्यायो वा खाद्य प्रणालीमा भएको पुनर्उत्पादित सामाजिक सम्बन्धले सामाजिक संस्थामा प्रभाव पार्‍यो। तर सबैलाई अनुभूति भएका कुरा हो कि पछिल्लो समय दुवै तीव्र रूपमा पुनर्निर्माण हुँदै छन्। एक अर्कामा पारस्परिक प्रभाव भने अवश्य छ।

पछिल्लो समय खाद्य प्रणालीमा यति छिटो के कारणले परिवर्तन भयो ? यातायातको विकास, खाना पकाउने इन्धनको उपलब्धता, वैदेशिक रोजगारीको अवसर, खाद्यवस्तुको नगदमा विनिमय र उपभोक्तामा आएको खाद्य व्यवहारमा परिवर्तन। यी अवस्थामा परिवर्तन नभएको भए निर्वाहमुखी कृषि गरेका साना किसान परिवार उत्पादकबाट उपभोक्तामा परिणत भई गाउँबाट सहर बसाइँसराइ गर्ने थिएन। एउटा उदाहरण लिऊँ खाना पकाउने इन्धन पेट्रोलियम, ग्यास वा विद्युत् नभएको भए परम्परागत ऊर्जाको स्रोत जस्तै दाउरामा खाना पकाएर काठमाडौंमा यति धेरै उपभोक्ता बस्न सम्भव थियो ?

परिवारहरू स्थानीयस्तरमा मानिआएको खाद्य उपभोगस्तर पूरा भएपछि स्वःउत्पादनबाट उपभोग गर्न छाडेर उपभोक्तामा परिणत हुँदै बसाइँसराइ गर्छन्। पहिलेका उत्पादक खेती छाडेर बसाइँ सरेपछि खेती गरिआएको जग्गा या त बाँझो रहनुपर्‍यो या त अर्को कोहीले बजारका लागि व्यावसायिक खेती गर्नुपर्‍यो। निर्वाहमुखी र साना किसान नै नभएपछि त्यससँग सम्बन्धित सामाजिक संस्था अस्तित्वमा रहने कुरा भएन। तब खाद्य प्रणाली र सामाजिक संस्थाको पुनर्संचरना हुन्छ।

हरेक परिवर्तनका कारण सतहमा देखिने एक तर यसलाई सञ्चालन गर्ने अन्तरनिहित कारण फरक हुन सक्छन्। विहंगम प्रणाली नै परिवर्तन ल्याउने टालटुले परिवर्तनले सम्भव हुँदैन। प्रणालीगत परिवर्तन ल्याउने अन्तरनिहित कारणहरूका बारेमा माक्र्सवादमा विश्वास राख्नेहरू उत्पादनका तरिकामा हुने परिवर्तनलाई मान्छन्। पारिवारिक उत्पादनका तरिका परिवर्तन भई बजार केन्द्रित उत्पादनका रितहरू प्रयोग हुनुका साथै पुँजीवादी बजार ग्रामीण क्षेत्रसम्म पुग्दा पारिवारिक उत्पादक हराउने र व्यावसायिक उत्पादकले उत्पादनमा लाग्छन्।

नवमाक्र्सवादी धारणाअनुसार राज्यले उत्पादनमा उदारीकरण गर्ने क्रममा साना किसानलाई दिँदै आएको उत्पादन अनुदान कटौती गर्दा साना किसानले उत्पादनबाट जीविका गुजारा गर्न नसक्दा खेती छाडेर कृषि मजदुर बन्छन् भने कर्पोरेटहरूले बजारले माग गरेका र फाइदा हुने निश्चित बालीहरू उर्बर भूमिमा मात्र खेती गर्छन्। सिमान्त कृषि भूमि बाँझो रहन्छ। उत्पादन गरेर बजारमा फाइदा नहुने बालीहरू घट्दो संख्याका पारिवारिक किसानले नाफा घाटा नहेरी उत्पादन गर्दा निरन्तर हुने हो, नत्र लोपोन्मुख हुँदै जान्छन्।

एकातर्फ उत्पादनका सामाजिक सम्बन्धमा परिवर्तन हुने अर्कोतर्फ सीमित बालीमात्र उत्पादन भएर उत्पादक आफैंले समेत अन्य खाद्यन्न किनेर खानुपर्ने भएपछि खाद्यन्न लिएर बजार गाउँसम्म आउन अनिवार्य भयो। परिणामतः पहिले भएका सामाजिक संरचना र उत्पादनसँगको सम्बन्ध अनि मौजुदा खाद्य प्रणालीले काम नगरेर दुवै पुनर्निर्माण हुन जरुरी भयो। उत्पादन, वितरण र उपभोग पूर्णतः विश्व बजारको लयमा एकाकार भएर सबैतिर एकरूपको खाद्य प्रणाली र सामाजिक अवस्था हुँदैन। खानाको क्रमशः पश्चिमाकरण हुँदै गएर पिज्जा बर्गर, कोक जस्ता खानामा लत विकास हुँदै गए पनि परम्परागत खाद्य व्यवहार र उत्पादनको उपलब्धताका कारण स्थानीय र परम्परागत खाना पनि विस्थापित भएका छैनन्।

खानासम्बन्धी मौजुदा मूल्य–मान्यता, विश्वास तथा ज्ञानले बजार र आर्थिक शक्तिसँग अन्तक्र्रिया गरेर खाद्य प्रणाली पुनर्निर्माण हुन्छन्। यसको यो हो कि खाद्य प्रणालीमा आन्तरिक र बाह्य शक्ति दुवै लाग्ने हुनाले ठाउँ अनुसारका खानाको सामाजिक पुनर्उत्पादन हँुदै जान्छ। त्यस्तै खालको सामाजिक सम्बन्ध र संरचनाको विकास हुँदै जान्छ। 

यद्यपि स्थानीयकृत खाद्य प्रणालीहरू विश्वकृत खाद्य प्रणालीको लयमा निरन्तर लागिरहन्छन्। 

लेखक कृषि समाजशास्त्री हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.