जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं : जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।