छिपहरमाई गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै स्थानीयले दिए कार्यालयमा धर्ना

छिपहरमाई गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै स्थानीयले दिए कार्यालयमा धर्ना
सुन्नुहोस्

वीरगन्ज : पर्साको छिपहरमाई गाँउपालिका कार्यालय अगाडि स्थानीयबासीले आइतबार धर्ना दिएका छन्। स्थानीय सन्दीप गुप्ता नेतृत्वमा रहेको समूहले आइतबार गाउँपालिका कार्यालय अगाडि नाराबाजी गर्दै दुई घण्टा धर्ना दिएका हुन्।

गाउँपालिका  कार्यालयमा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भइरहेको भन्दै त्यसैको विरुद्धमा धर्ना दिइएको गुप्ताले बताए। गाउँपालिका कार्यालयमा सरकारी बजेटको दुरुपयोग गरिएको, त्यसको हिसाबकिताब सार्वजनिक गर्न सूचनाको हक प्रयोग गरेर पटक पटक माग गर्दापनि कुनै सुनुवाई नभएपछि आइतबारदेखि गाँउपालिका कार्यालयकै अगाडि धर्नामा बसेको गुप्ताले बताए।

गाउँपालिका कार्यालयमा बाँडिएको कन्यादान राशीको पूर्ण विवरण, सौर्य सिंचाईका लागि किसानका खेतमा  जडान गरिएको सोलार प्यानल , ईन्धन वितरण , गाउँपालिकाले खरिद गरेका सवारीको विवरण लगायतका विवरण सार्वजनिक गर्नुपर्ने २६ बुँदे मागसहितको ज्ञापनपत्र गाउँपालिका कार्यालयमा बुझाएको तर  कार्यालयबाट कुनै सुनुवाई नभएको धर्नामा सहभागी स्थानीय धर्मेन्द्र प्रसाद यादवले बताए।

एक हप्ता पहिलेपनि ७ दिनको अल्टिमेटमसहित गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदा पालिका कार्यालयबाट कुनै वास्ता नगरिएपछि आइतबारदेखि धर्ना दिइएको उनले बताए। उनले भने,‘मैले स्वंयपनि सूचनाको हक प्रयोग गरेर गाँउपालिका कार्यालयमा निवेदन दर्ता गराएको थिए। तर सूचना उपलब्ध गराउनका सट्टा ममाथि हातपातको प्रयास पनि गरियो। अब अत्ति नै भएपछि हामी सचेत नागरिकहरु मिलेर धर्नामा बसेका हौं।’
उनले आफूहरूले मागेको सूचना उपलब्ध गराएर सार्वजनिक नगरिएसम्म गाउँपालिका कार्यालयमा दैनिक दुई घण्टा धर्नामा बस्ने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.