२१ अंकले घट्यो नेप्से परिसूचक, पाँच कम्पनीको मूल्यमा नकारात्मक सर्किट
काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स २.४६ अंकले घटेर ४४८.९९ विन्दुमा पुगेको छ।
३१६ स्क्रिप्सको १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७६४ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। महिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर ९.९८ प्रतिशतले बढ्दा मानुषी लघुवित्त वित्तीय संस्थाको ६.०९,सिर्जनशील लघुवित्त वित्तीय संस्थाको ५.८९ र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ५.७१ प्रतिशतले बढ्यो।
पाँच कम्पनीको सेयर १० प्रतिशतले घट्यो। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,नारायणी डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक,जानकारी फाइनान्स र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा प्रभु बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको १६ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ६९ स्टक्सको मूल्य बढ्दा १७२ वटाको घटयो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो।
तीन समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.४७ प्रतिशतले घट्यो।