नेपाल विज्ञापन संघको २५ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाल विज्ञापन संघको २५ औं बार्षिक साधारण सभा सम्पन्न
सुन्नुहोस्

काठमाडौं : नेपाल विज्ञापन संघको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

संघले विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरू लगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई दुईवटा विशेष कार्यक्रमसहित आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

राजधानीको ताहाचल स्थित होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टा–छुट्टै वार्षिक तथा आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय–व्यय विवरणहरू बहुमतले पारित गरेको थियो। 

दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरू लगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शीर्षकमा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। 

विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुतकर्ता भूषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भास्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म राज भुसाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले आआफ्नो क्षेत्रको धारणा राखे। 

वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरेको कार्यक्रमको अन्तमा विज्ञापन व्यवसायी तथा मिडियाहरू समय सापेक्ष रूपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरूले पनि विज्ञापनलाई खर्च भन्दा लगानीको रुपमा लिनुपर्ने र विज्ञापनले गर्दा मिडियाहरूलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरूले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ ऐन, क्लिन फिड नीति लगायत विज्ञापनलाई बन्देज गर्ने कानुनहरूलाई समेत पुनः विचार गर्न सम्बद्ध सबै पक्षहरुले आआफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निष्कर्ष र प्रतिबद्धतासहित  कार्यक्रम समापन भयो।

तेस्रो सत्रमा वरिष्ठ सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानका अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अवस्थामा आई पुग्न उनीहरुले आआफ्नो  क्षेत्रबाट गरेको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरिएको छ।   

त्यसै गरी बर्सेनि एड फेष्टको अवसरमा थाइल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४ मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगायत एशिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरूका प्रतिनिधिहरू बीच भएको प्रतिस्पर्धामा उत्कृष्ट पाँच भित्र पर्न सफल भई विश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रशन्न श्रेष्ठ र साइष्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.