हत्यामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

हत्यामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
सुन्नुहोस्

बारा : जितपुर सिमरा उपमहानगरपालिका-१ का राज कुमार रूम्बाको हत्यामा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१९ घर भएका २७ वर्षीय पुरुषोत्तम कुमार दास, २० वर्षीय इन्द्रजित कुमार चौहान र महोत्तरी जलेश्वर नगरपालिका-३ घर भएका श्रीकान्त तिवारी रहेका छन्।

जितपुर सिमरा उपमहानगरपालिका-११ स्थित बकुलियादेखि रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारमा राज कुमार पुस ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरू उपर जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.