काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीको प्रदर्शन
काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यवसायबाट विस्थापित गर्न खोजेको भन्दै कवाड व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै कवाड व्यवसायी संघर्ष समितिले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।
काठमाडौं महानगर प्रहरीहरुले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइज्जती गरेको कवाड व्यवसायीहरुको गुनासो छ।
अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेकाले महानगरविरुद्ध आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ।