अस्पताल पुगेर प्रचण्डले लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

अस्पताल पुगेर प्रचण्डले लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।  

उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ। अध्यक्ष प्रचण्ड अहिले साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परिवारसित पनि भेट गरेका थिए। सो क्रममा उपचारमा संलग्न चिकित्सकहरूले उनको छातीमा संक्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए।

सो क्रममा महासचिव किरणले  क्याबिनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराए। अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्य लाभको कामना गरे।

सो क्रममा दुवै जना भावुक पनि भएका थिए। अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ठ सम्बन्ध रहेको थियो। पार्टी विभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरूले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.