सामना बैंकिङ पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी थापालाई

सामना बैंकिङ पत्रकारिता पुरस्कार अन्नपूर्णकर्मी थापालाई
सुन्नुहोस्

काठमाडौं : सामना बैंकिङ पुरस्कार गुठीले यस वर्षको सामना बैंकिङ पत्रकारिता पुरस्कार–२०८१ अन्नपूर्ण पोस्टकी वरिष्ठ संवाददाता ममता थापालाई प्रदान गरेको छ। 

नेपालको बैकिङ/वित्तीय क्षेत्रमा उच्चकोटीका अनुसन्धनात्मक/विश्लेषणात्मक ग्रन्थहरूको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गरी यस क्षेत्रको विकासमा योगदान गर्ने मुख्य उद्देश्यले स्थापित पुरस्कार अन्नपूर्णकर्मी थापालाई प्रदान गरेको हो। 

पत्रकारिताको माध्यमबाट बैंकिङ/वित्तीय क्षेत्रमा योगदान गरेवापत प्रत्येक दुई वर्षमा दिइने पुरस्कार छापामा अन्नपूर्णकर्मी थापा र डिजिटलमा बिजमण्डु डट कमका वरिष्ठ आर्थिक पत्रकार सुदर्शन सापकोटालाई संयुक्त रूपमा प्रदान गरेको हो। यसको पुरस्कार राशी ४० हजार रुपैयाँ रहेको छ। 

null

हालसम्म सात जना पत्रकारले यस पुरस्कार पाइसकेका छन्। महिला पत्रकारले भने यो पहिलो पटक पाएका हुन्। गुठीको १६ औं वार्षिक साधारण सभाका अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पुरस्कार हस्तान्तरण गरे। २०६२ सालमा स्थापना भएको गुठीले २०७० सालबाट पुरस्कार दिन थालेको हो। 

गुठीले सामना बैंकिङ पुरस्कार (सातौ) बीएन घर्तीले लेखेको ‘बैंकिङ अनुशासन’ पुस्तकलाई पुरस्कृत गरिएको छ। उनलाई ७५ हजार रुपैयाँसहित यसवर्षको उत्कृष्ट बैंकिङ पुस्तकमा पुरस्कृत गरिएको हो। गुठीले हालसम्म ९ ग्रन्थका ११ लेखकलाई पुरस्कार प्रदान गरेको छ। 

यस्तै बैंकिङ छात्रवृत्ति पुरस्कार त्रिविका केन्द्रीय आर्थिक विभागका  विद्यार्थी रोहन व्यञ्जनकार,कपिल पौडेल र रोजा प्रधानले प्राप्त गरेका छन्। अर्थविद् डा.रेवतबहादुर कार्कीले आफ्नो छोरी सामनाको नाममा गुठी स्थापना गरेर बैंकिङ पुरस्कार र बैंकिङ पत्रकारिता पुरस्कार र छात्रवृत्ति प्रदान गर्दै आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.