क्षेत्रपाललाई रनिङ शिल्डको उपाधि
नुवाकोट : नुवाकोटको लिखुमा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। सर्वाधिक स्वर्ण पदक जितेर लिखु-४ चौघडाको क्षेत्रपाल माविले उपाधि जितेको हो।
प्रतियोगितामा क्षेत्रपालले २८ स्वर्णसहित विजेता भएको आयोजक शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ। तीन दिनसम्म सञ्चालित प्रतियोगितामा ७ स्वर्णसहित नारायणदेवी मावि द्वितीय र ३ स्वर्णसहित ज्योतिकुन्ज एकेडमी तृतीय भएका छन्।
प्रतियोगितामा विजेता क्षेत्रपाललाई १५ हजार, द्वितीय भएको नारायणदेवीलाई १० हजार र तृतीय भएको ज्योतीकुन्जलाई ७ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल, ट्रफी प्रमाणपत्र सहित लिखु गापाकी उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेतीले पुरस्कृत गरिन्।
प्रतियोगितामा पालिकाका विभिन्न विद्यालयले सहभागिता जनाएका थिए।