भेडेटारमा खाना महोत्सव
धनकुटा : अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारमा खाना महोत्सव हुने भएको छ। आगामी पुस १६ देखि १८ गतेसम्म १२औं खाना महोत्सव हुन लागेको आयोजक होटल एशोसिएशन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताए।
महोत्सवमा करिब २ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ। महोत्सवमा विभिन्न जातिका जातीय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन लगायत २५ वटा स्टल राखिने छ। आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै हरेक वर्ष भेडेटारमा खाना महोत्सव हुँदै आएको छ।
महोत्सवमा पर्यटकहरुले स्थानीय जातीय परम्परागत खानेकुराको स्वाद लिन, हेर्न तथा बुझ्न पाउने, भेडेटारका पर्यटकीय स्थलहरु घुम्ने र मनोरञ्जन लिन सक्ने, साना तथा ठूला होटल व्यावसाय फस्टाउने र पर्यटकहरूको आगमन बढ्ने र भेडेटारमा लगानीको अवसरहरू सिर्जना हुने बताइएको छ।