मनहरीमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

मनहरीमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका-५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। स्थानीय धनबहादुर रुम्बाको श्रीमती ७२ वर्षीया कान्छिमाया रुम्बाको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

आइतबार साँझ ५ बजेको समयमा घर नजिकैको खोल्सामा बाघले आक्रमण गरेको जनाइएको छ। उक्त घटनापश्चात् बसन्तपुर गाउँ त्रसित बनेको छ।

मृतक रुम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो। आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५०० मिटर पूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

मनहरीमा ४ महिनाअघि भैंसीले हानेर बाघ मरेको थियो। गत ५ भदौमा मनहरी गाउँपालिका– ६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.