‘मिसन–२०२६ को लक्ष्य सफल हुन्छ’

‘मिसन–२०२६ को लक्ष्य सफल हुन्छ’
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुनेमा विश्वस्त रहेको बताएका छन्। राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा आइतबार भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेल पोषण कक्षाको समापन कार्यक्रममा घिसिङले सो विश्वास व्यक्त गरेका हुन्। 

‘१९ औं एसियाली खेलकुद सम्पन्न भएलगत्तै हामीले २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन–२०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षण गत आर्थिक वर्षदेखि सुरु गरेका थियौं। हाम्रो यो तयारी करिब तीन वर्षसम्म सञ्चालन हुनेछ’, सदस्यसचिव घिसिङले भने, ‘यो अवधिको प्रशिक्षणमा सहभागी हुने तपाईं खेलाडीहरूबाट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ।’

घिसिङले प्रशिक्षणलाई थप प्रभावकारी बनाउन विदेशी प्रशिक्षक झिकाउने वा खेलाडीलाई विदेशमा पठाउने विषयमा योजनासहित खाका पेश गर्न सम्बन्धित राष्ट्रिय खेल संघलाई निर्देशन दिँदै तालिमले मात्र नपुग्ने भएकाले विश्वका स्तरीय खेलाडी र टिमसँग प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिए। उनले सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माणको काम चाँडै सकिने जानकारी गराउँदै स्पोर्ट्स साइन्स ल्याबलाई आवश्यक पर्ने सामग्री खरिदको प्रक्रिया पनि सुरु भइसकेको बताए। 

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गरे। प्रशिक्षकका तर्फबाट भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रशिक्षणका दौरान हुने विभिन्न कक्षाले ऊर्जा थप्नुका साथै मनोबल पनि बढाएको बताए। हाङझाव एसियाडको करातेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भएकाले  सुखद नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको बताइन्।

मंसिर १ गतेदेखि सुरु भएको विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष÷महिला कबड्डी, महिला भलिबल र गल्फका ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन्। गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरिएको हो। 

एसियाली खेलकुदको कुनै पनि संस्करणमा नेपालले दोहोरो अंकमा पदक जित्न सकेको छैन। एसियाली खेलकुदमा नेपाल अहिलेसम्म स्वर्णविहीन छ। सन् १९८६ मा दक्षिण कोरियको सियोलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान ४–४ गरी ८ कांस्य पदक जितेको थियो। संख्याका हिसाबले त्यो नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.