वीरगन्जमा १६० केजी गाँजा बरामद, ट्रक चालकसहित दुईजना पक्राउ

वीरगन्जमा १६० केजी गाँजा बरामद, ट्रक चालकसहित दुईजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज: वीरगन्जमा मालबाहक ट्रकबाट १६० गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ट्रकका धनीसमेत रहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ झुरझेरका २० वर्षीय राजाल विश्वकर्मा रहेका छन् । 

आइतबार राति परवानीपुरबाट वीरगन्जको ड्राइपोर्टतर्फ आउँदै गरेको ना. ३ ख ४२१२ नम्बरको ट्रक वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा प्रहरीले रोकेर चेकजाँच गर्दा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाएर राखिएको १६ वटा पोकामा रहेको १ क्वीन्टल ६० केजी गाँजा बरामद भएको हो । 

ट्रकबाट गाँजा बरामद भएपछि त्यसका चालक, गाडीधनी भलान र त्यसमा सवार विश्वकर्मालाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । 

गाँजासहित पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखेर उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.