रौतहटको पासवान टोलमा आगलागी, २० घर जले

रौतहटको पासवान टोलमा आगलागी, २० घर जले
सुन्नुहोस्

रौतहट : रौतहटको राजदेवी नगरपालिका -५ स्थित पासवान टोलमा आगलागी हुँदा २० भन्दा बढी फुसको घर जलेका छन्। स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर लागेको आगोले अन्य घरमा समेत क्षति पुर्‍याएको हो ।

आगलागी भएको खबर पाउन साथ प्रहरी चौकी ब्रम्हपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको बारुणयन्त्र घटनास्थल पुगेको थियो। आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरेको छ ।

घरमा राती सुतेको बेलामा आगलागी भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपडा , अन्न लगायत जलेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.