कार्टरले नेपालको शान्तिप्रक्रियामा पुर्‍याएको योगदान सधैं प्रेरणादायी : सभामुख घिमिरे

कार्टरले नेपालको शान्तिप्रक्रियामा पुर्‍याएको योगदान सधैं प्रेरणादायी : सभामुख घिमिरे
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले नेपालको शान्तिप्रक्रिया सँगै मानव अधिकार, तथा गरिबी निवारणका क्षेत्रमा पुर्‍याउनुभएको योगदान सधैं प्रेरणादायी रहने बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै घिमिरेले नोबेल शान्ति पुरस्कार विजेता कार्टरको १०० वर्षको उमेरमा जर्जियास्थित आफ्नो निवासमा निधन भएको खबरले स्तब्ध बनाएको जनाएका छन्।

घिमिरेले नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरको सक्रिय भूमिकाले सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

‘संयुक्त राज्य अमेरिकाका ३९औं राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको १ सय वर्षको उमेरमा डिसेम्बर २९, २०२४ मा जर्जियास्थित आफ्नो निवासमा निधन भएको खबरले स्तब्ध बनाएको छ। दुखद घडीमा कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र अमेरिकी जनताप्रति समवेदना प्रकट गर्दछु।’ उनले भनेका छन्,‘कार्टरले नेपालको शान्तिप्रक्रिया सँगै मानव अधिकार, तथा गरिबी निवारणका क्षेत्रमा पुर्‍याउनुभएको योगदान सधैं प्रेरणादायी रहनेछ। नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरको सक्रिय भूमिकाले सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो।’ 

कार्टरले द्वन्द्वको समाधान, मानव अधिकारको प्रवर्द्धन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नेपाली जनतालाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गरेको उनले बताए। उनले दिवंगत कार्टरप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

‘मेलानोमा’  नामक रोग (छालाको क्यान्सर)बाट ग्रसित रहेका कार्टरले सन् २०२३ मा रोगको उपचार नगर्ने निर्णय गरेका थिए। सामान्य किसान रहेका उनी अमेरिकी नेवीको लेफ्टिनेन्ट, जर्जियाको गभर्नर रूपमासमेत काम गरेका थिए। रिपब्लिकन पार्टीका अध्यक्ष जेराल्ड फोर्डलाई पराजित गर्दा उनी राष्ट्रपति बन्न सफल भएका थिए।

सन् १९२४ को अक्टोबर १ मा जन्मिएका कार्टर सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। १०० वर्षको उमेरसम्म पुग्ने उनी पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्। राष्ट्रपतिको पदावधि सकिएपछि उनले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत मानवीय काम सञ्चालन गरेका थिए। कार्टरको राजनीतिक जीवन, मानवीय योगदान र व्यक्तिगत जीवन अमेरिकी इतिहासको महत्वपूर्ण अध्यायका रूपमा स्मरण गरिनेछ।

कार्टरले मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले सन् २००२ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए। कार्टर निर्वाचन पर्यवेक्षण लगायत विभिन्न उद्देश्यले नेपाल भ्रमणमा पनि आएका थिए। भ्रमणमा आउँदा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, नेपाली जनताको माया र आतिथ्यप्रति प्रशंसा गर्ने गरेका थिए। नेपालको शान्ति प्रक्रियामासमेत कार्टरको योगदान रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.