भृकुटीमण्डपमा च्याउ मेला
काठमाडौं : राष्ट्रिय च्याउ दिवसका अवसरका काठमाडौंमा एक दिने च्याउ मेला परिकार मेला आयोजना गरिएको छ। च्याउ उत्पादक किसान संघ नेपालले सोमबार काठमाडौंको भृकुटीमण्डपमा च्याउ मेला आयोजना गरेको हो। सो मेलामा च्याउसँग सम्बन्धित करिब ४० वटा स्टल राखिएका थिए। साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिएको संघले जनाएको छ।
मेलामा पुगेका अवलोकनकर्ताले च्याउको परिकारको स्वाद लिदै विभिन्न प्रकारका च्याउहरू खरिद समेत गरेका थिए। संघले पुस १५ गते राष्ट्रिय च्याउ दिवसका अवसरमा हरेक वर्ष च्याउ मेला परिकार मेला आयोजना गर्दै आएको छ।