कला,संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको दायित्व : उपप्रधानमन्त्री सिंह

कला,संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको दायित्व : उपप्रधानमन्त्री सिंह
सुन्नुहोस्

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्दै उनले नेपाल कला,संस्कृति र परम्पराका हिसाबले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गर्न जागरुक हुनुपर्ने बताएका हुन्।

महोत्सवले गुरुङ समुदाय आफ्नो पहिचानका लाग अत्यन्त जागरुक रहेको देखाएको उनले बताए ।  देशमा प्रजातान्त्रिक व्यवस्था आइसकेपछि बहुजातिय, बहुभाषिक,बहुधार्मिक नेपाली समाजमा रहेका सबै धर्म,धाष,संस्कृतिले  स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित राख्दै अझ समृद्ध गर्न पाएको पनि बताए।

‘तपाईंहरूको महोत्सवमा यस वर्ष सहभागिता उल्लेख्य देखिएको छ । यसले आफ्नो भाषा,धर्मसंस्कृति,रहनसहन,पुर्खाले छाडेर गएका रितिथिति परम्परा जोगाउन वर्तमानमा सक्रिय भए जोगिनेरहेछ भन्ने देखाउँछ,’उपप्रधानमन्त्री सिंहले भने,‘पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौं,त्यसलाई संरक्षण र सम्वर्द्धन गर्नका लागि जिम्मेवार तवरले कसैलाई अप्ठ्यारो नहुनेगरी प्रयोग गर्दा त्यसले राम्रो गर्छ भन्नेमा ध्यान दिन जरुरी छ ।’

महोत्सवमा गुरुङ समुदायको उपस्थिती,कला, संस्कृति,परम्पराको प्रस्तुतिले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरुक देखिएको भन्दै उनले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकोमा बधाई ज्ञापन गरे।

राष्ट्र र समाजलाई उन्नत,सम्पन्न बनाउन  सबैले आफ्नो शक्ति लगाउन पनि उपप्रधानमन्त्री सिंहले आग्रह गरे। गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने तमु ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा महोत्सवमा आयोजना गरिएको हो
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.