टुँडीखेलमा यसरी मनाइयो तमू ल्होछार

टुँडीखेलमा यसरी मनाइयो तमू ल्होछार
तमु ल्होसारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका गुरूङ युवतीहरू। तस्बिर : सुनिता डंगोल

काठमाडौं : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै‘तमु ल्होसार’मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडीखेलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पराम्परागत भेषभुषासहितको सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।

null

गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।null

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । 

nullnullnullnull


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.