वीरगन्ज महानगरमा थप सीसीटीभी जडानका लागि त्रिपक्षीय सम्झौता

वीरगन्ज महानगरमा थप सीसीटीभी जडानका लागि त्रिपक्षीय सम्झौता
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरको सहरी क्षेत्रमा थप ८० वटा सीसीटीभी जडान गरिने भएको छ। महानगरको सहरी क्षेत्रका सार्वजनिकस्थलमा हाल ८० वटा सीसीटीभी जडान गरिएकोमा थप ८० वटा जडान गरिने भएको वीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतको सेफर वीरगन्जका संयोजक मनोज दासले जानकारी दिए। 

त्यसका लागि सोमबार वीरगन्ज महानगरपालिका, सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबीच त्रिपक्षीय सम्झौता भएको छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा मेयर सिंहकै रोहबरमा त्रिपक्षीय सम्झौता गरिएको हो।

सम्झौतापत्रमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सेफर वीरगन्जका तर्फबाट संघका अध्यक्ष अनिलकुमार अग्रवाल र जिल्ला प्रहरी कार्यालय पर्साका तर्फबाट प्रहरी उपरीक्षक कुमोद ढुंगेलले हस्ताक्षर गरेको सेफर वीरगन्जका संयोजक दासले जानकारी दिए। 

उनका अनुसार पावर  हाउस चोकदेखि उत्तर र पश्चिम तर्फको सडक र टोलका साथै जनघनत्व बढी भएका टोलमा थप ८० वटा सीसीटीभी जडान गरिनेछ। साथै त्यसका लागि वीरगन्ज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने, अपुग रकम जोहोको लागि सेफर वीरगन्जले बैंक तथा वित्तीय संघसंस्थासँग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय पर्साले जडान गरिएका सीसीटीभी को कन्ट्रोल रुमका साथै रेखदेखको जिम्मा लिने सम्झौतापत्रमा उल्लेख गरिएको छ। 

सीसीटीभी क्यामेजराको सञ्जालमार्फत वीरगन्ज सहरलाई थप सुरक्षित र भय रहित बनाउने उद्देश्यले सहरका विभिन्न स्थानमा थप सीसीटीभी जडान गर्न लागिएको र त्यसका लागि सोमबार त्रिपक्षीय सम्झौता गरिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.