बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दोलखा तामाकोशी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१५ चमती बस्ने २८ वर्षीय राम बिक्रम खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटन ललितपुर र जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टेकुबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ।