विश्व शरणार्थीको संख्या १२ करोड २० लाख नाघ्यो : यूएनएचसीआर

विश्व शरणार्थीको संख्या १२ करोड २० लाख नाघ्यो : यूएनएचसीआर
सुन्नुहोस्

काठमाडौं : संयुक्त राष्ट्रस‌ंघीय उच्चायुक्त (यूएनएचसीआर)का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको संख्या १२ करोड २० लाख नाघेको छ। जर्मनीमा यूएनएचसीआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ-बाउरले शरणार्थीको तथ्यांकहरूलाई चिन्ताजनक रूपमा वर्णन गरे।

यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसंख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ। यो वृद्धि मुख्यतः सुडानमा गृहयुद्धको कारण हो।

अप्रिल सन् २०२३ मा हिंसा बढेपछि एक करोड १८ लाखभन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ। प्रजातान्त्रिक गणतन्त्र कंगो तथा म्यानमारको अवस्थाले शरणार्थी संख्यामा वृद्धिमा योगदान पुर्‍याएको छ। गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाखभन्दा बढी मानिसहरूलाई जबरजस्ती विस्थापित भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.