कृषि अर्थतन्त्रलाई सबल बनाउन ‘कृषकसँग मुक्तिनाथ, उपभोक्तासँग मुक्तिनाथ’

‘स्टार्टअपसँग अन्नपूर्ण’

कृषि अर्थतन्त्रलाई सबल बनाउन ‘कृषकसँग मुक्तिनाथ, उपभोक्तासँग मुक्तिनाथ’
भरतराज ढकाल, प्रबन्ध निर्देशक, मुक्तिनाथ कृषि कम्पनी लि.

काठमाडौं : कृषकहरूको आयस्रोतलाई वृद्धि गर्न उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गुणस्तरीय खाद्यवस्तुहरूको पहुँचमा वृद्धि गर्ने अभिप्रायले मुक्तिनाथ विकास बैंकले ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियान सञ्चालन गर्दै आइरहेको छ।

यस अभियानले व्यावसायिक कृषिका मूल्य र मान्यता भित्र रही समग्र कृषि मूल्य शृंखला व्यवस्थापन गर्दै नेपालको कृषि अर्थतन्त्रलाई सबल बनाउने उद्देश्य अनुरूप कार्यहरू गर्दै आइरहेको छ। एकातर्फ नेपालका उत्पादनले बजार नपाउने र अर्कोतर्फ उत्पादनका लागि आवश्यक ज्ञान, भूमि, मल, बिउ तथा आर्थिक स्रोतको सहजता नहुने भएकाले पछिल्लो समय खाद्यान्नसँग सम्बन्धित व्यवसाय फस्टाउन नसकेकाले यो ‘ग्याप’ पूर्ति गर्नलाई नै यो कम्पनी खोलिएको हो। 
 

विसं २०७५ मा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि.ले कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ औद्योगीकरणमा प्राथमिकता दिँदै, कृषिलाई मर्यादित र प्रतिस्पर्धी पेसाको रूपमा विकास गर्दै युवाहरूको आकर्षणको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढेको कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकाल बताउँछन्। 

उनी भन्छन्, ‘देशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवाहरू प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो।’ उनले भने, ‘कृषिमा दिगो विकासको अवधारणा ल्याउँदै औद्योगीकरणलाई प्राथामिकता दिँदै युवालाई कृषिमा आकर्षित गर्नु नै अभियानको मुख्य लक्ष्य रहेको छ।’ 

मुक्तिनाथ कृषि कम्पनीले उक्त अभियानमार्फत व्यावसासयक कृषिका मूल्य र मान्यताभित्र रही समग्र कृषि मूल्य शृंखला व्यवस्थापनमार्फत नेपालको कृषि अर्थतन्त्रलाई सबल बनाउने उद्देश्य अनुरूप कार्यहरू गर्दै आइरहेको छ। जसका लागि कम्पनीले १० सहायक कम्पनीहरूको समेत स्थापना गरेको छ। जसले आ–आफ्नो क्याटागोराइजअनुसार काम गर्दछ। जसलाई कम्पनीले विभिन्न स्लोगन बनाएर सहायक कम्पनीले गर्ने काम बारे उल्लेख गरेको छ। जसअन्तर्गत मुक्तिनाथ बिज बैंकले गुणस्तर, मुक्तिनाथ फर्टिलाइजर बैंकले दिगो व्यवस्थापन, मुक्तिनाथ नर्सरी बैंकले रोप्नको लागि बिरुवाहरू तयार, मुक्तिनाथ लाइभस्टक बैंकले उत्पादकतत्वमा वृद्धि गर्ने, मुक्तिनाथ हर्बल बैंकले प्राकृतिक अर्थ व्यवस्थापन, मुक्तिनाथ फुड बैंकले समृद्धि, मुक्तिनाथ एग्रो मेसिनरी बैंकले बेटर इन्जिनियरिङ, मुक्तिनाथ आइटेक लिमिटेडले इनोभेसन इन्टरनेट, इन्फ्रानेट, इन्फरमेसन र इन्टिलिजेन्स, मुक्तिनाथ टे«डिङ लिमिटेडले वान स्टाप सोलुसन, मुक्तिनाथ क्लाइमेट क्यर लिमिटेडले सेभ आओर अर्थजस्ता स्लोगन बनाएर काम गर्दै आइरहेको हो। यसले कृषिको एक पाटोमा मात्रै सीमित नभई हरेक कुरालाई समटेको छ।

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहेको छ। स्थापनादेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक साझेदार, कम्पनीहरू तथा फर्महरू, कृषक समूह, सहकारीहरूसँग सहकार्य गर्दै कृषिको मूल्य शृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेका कम्पनीको भनाइ छ। यसैगरी उक्त कम्पनीले मिसन, भिजन र भ्यालु गरेर आफ्ना उद्देश्य प्रस्तुत गरेको छ। कृषिलाई मर्यादित र प्रतिस्पर्धात्मक पेसा बनाई युवाहरूलाई कृषिमा आकर्षित गर्ने उद्देश्य, कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने भिजन र ग्राहक केन्द्रित, लक्ष्य केन्द्रित, नवीनता, व्यावसायिक्ता, एकता र दिगोपन मान्यताहरू अघि राख्दै काम गर्दै आइरहेको छ। 

  •     कृषकहरूको आयस्रोतलाई वृद्धि गर्न, उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गुणस्तरीय खाद्यवस्तुहरूको पहुँचमा वृद्धि गर्ने अभिप्रायले मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो । 
  •     विसं २०७५ मा स्थापित कम्पनीले कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउँदै आएको छ । 

यस्तै कम्पनीले अवधारणालाई कम्पनीको कार्यधारणा बनाउँदै काम गर्दै आएको प्रबन्ध निर्देशकको भनाइ छ। उनी भन्छन्, ‘कृषिलाई दिगो बनाउन कम्पनीले चार वटा अवधारणाका विभिन्न कार्ययोजना बनाई काम गरिरहेको छ। जसमा कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द«, कृषि व्यावसाय परामर्श केन्द्र र कृषि बजार केन्द्र रहेका छन्। जसले आ–आफ्ना विधाअनुसार काम गर्दछ। जस्तैः कृषि स्रोत केन्द्रअन्तर्गत कृषि सामग्री वितरण कृषि उपज संकलन र बजारीकरण वित्तीय परिचालन, कृषि उद्योग, प्रविधि रहेका छन्। कृषि प्रशोधन केन्द्रअन्तर्गत स्थानीय प्रशोधन, क्षेत्रीय प्रशोधन र केन्द्रीय प्रशोधन रहेका छन्। जसका पनि विभिन्न पाटाहरू रहेका छन्। 

स्थानीय प्रशोधनका तीनवटा, क्षेत्रीय प्रशोधनका ५ र केन्द्रीय प्रशोधनका ३ वटा पाटाहरू रहेका छन्। यसैगरी कृषि व्यवसाय परामर्श केन्द्रअन्तर्गत कृषि व्यवसाय परामर्श, प्राविधिक मार्गदर्शन, व्यावसायिक योजना विकास, बजारमुखी उत्पादन, प्रवद्र्धन तालिम तथा कार्यशालाहरू, उद्यमशीलता प्रवद्र्धन, आन्तरिक नियन्त्रण प्रणाली विकास, परियोजना विकास, स्थलगत निरीक्षण आदि रहेका छन्। कृषि बजार केन्द्रअन्तर्गत थोक, खुद्रा, विद्युतीय र अन्य गरी बजार केन्द्रित गरी विभिन्न ढाँचामा काम गरिरहेको छ। जसमा थोकको तीनवटा खुद्राको तीनवटा विद्युतीयको दुईवटा अन्यको तीनवटा गरेर पाटाहरूमा छुट्ट्याएर काम भइरहेको छ।’ 

मुक्तिनाथ विकास बैंकले स्थापनाकालदेखि नै एउटा नारा बनाएको थियो– ‘देश विकासको आधार, कृषिमा व्यावसायिक सुधार।’ आजको दिनमा हाम्रो वैदेशिक व्यापारको अवस्था हेर्‍यो भने यसको अर्थ प्रष्ट बुझिन्छ। मतलब महिनामा अढाइ अर्ब रुपैयाँको चामल भारतसँग मात्रै किन्छौं। तरकारी महिनामा ९२ करोडको र फलफूल ४८ करोड रुपैयाँको भित्रिन्छ। यो तथ्यांक हेर्दा हाम्रो देशमा पनि कृषिमा व्यापक अवसर छ। तर, कृषक, बजार र राज्यको साझेदारी नहुँदा नेपाली कृषि चीन र भारतमा निर्भर रहनु परेको छ।

कम्पनीले विकासलाई साझेदार गर्न द्विपक्षीय, बहुपक्षीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई साार्वजनिक निजी सहकारी साझेदारीको रूपमा काम गरिहेको छ। जहाँ गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा स्लोगन बनाई एक स्थानीय संरचना एक कृषि परियोजना (स्थानीय सरकार) सातै प्रदेशको कृषिमा ध्यान उद्योग आयोजनाको पहिचान (प्रदेश सरकार) कृषि क्षेत्रको संस्थागत विकास एकीकृत प्राधिकरणले दिन्छ विकास (संघीय सरकार) अन्तर्गत कार्य भइरहेका प्रबन्ध निर्देशकको भनाइ रहेको छ। 

यस्तै, कम्पनीले सरकार, निजी क्षेत्र र सहकारीले के काम गर्ने क्याग्रोराइज गरेर काम गर्दै आइरहेको छ। जसमा सरकारअन्तर्गत संघीय, प्रदेश, स्थानीय। निजी क्षेत्रअन्तर्गत कम्पनी, उद्योग फर्म, बैंक तथा वित्तीय संस्था र बिमा पर्दछन् भने सहकारीअन्तर्गत कृषि समूह र कृषि तथा बहुउद्देश्य कम्पनीका कार्यक्षेत्र रहेका छन्। 

यस्तै कम्पनीले संस्थागत मूल्य शृंखला व्यवस्थापनमार्फत कृषि चक्रको निर्माण गरेको छ। जसमा कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ चक्रको निर्माण रहेको छ। जहाँ कृषकसँग मुक्तिनाथअन्तर्गत उत्पादन र उत्पादकत्व वृद्धि, प्रविधि प्रसार कृषि उद्योग र बजारीकरण रहेका छन् भने उपभोक्तासँग मुक्तिनाथअन्तर्गत गुणस्तरीय खाद्यान्न प्रवद्र्धन, खाद्य साक्षरता, बजार सूचना प्रणाली उपभोक्ता हित संरक्षण रहेका छन्। 

यसरी मुक्तिनाथ कृषि विकास बैंकले कृषि प्रवद्र्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि वर्षौंदेखि काम गर्दै किसान र उपभोक्तासँग जोडिँदै आइरहेको छ। ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानलाई सघाउँदै मुक्तिनाथ अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले स्टार्टअपलाई प्रवद्र्धन गर्न सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा मुक्तिनाथ कृषि कम्पनी कृषि पार्टनरका रूपमा रहेको छ। कृषिसँग सम्बन्धित स्टार्टअप गर्न खोजिरहेका वा गरिरहनु भएकाहरूलाई उत्पादन र उत्पादकत्व वृद्धि गराउन कम्पनीले सहयोग गर्नेछ।

यसैगरी कम्पनीले दिगो कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने ध्येका साथ औद्योगीकरणमा प्राथमिकता दिँदै, कृषिलाई मर्यादित र प्रतिस्पर्धी पेसाको रूपमा विकास गर्दै युवाहरूको आकर्षणको केन्द्र बनाउने लक्ष्यलाई नयाँ स्टार्टअपहरूसँग हातेमालो गर्दै अघि बढ्ने योजना बनाएको छ। कम्पनीले ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानमार्फत व्यावसायिक कृषिका मूल्य र मान्यताभित्र रही समग्र कृषि मूल्य शृंखला व्यवस्थापनका लागि सहयोग गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.