इटहरी उपमहानगरको गेट अगाडि शंकास्पद वस्तु फेला

इटहरी उपमहानगरको गेट अगाडि शंकास्पद वस्तु फेला
सुन्नुहोस्

सुनसरी : इटहरी उपमहानगरपालिकाको गेट अगाडि र धरानको भोटे पुल नजिकै शंकास्पद वस्तु फेला परेको छ। उपमहानगरपालिकाको गेट अगाडि कालो झोलामा तारसहितको शंकास्पद वस्तु फेला परेको जानकारी आएपछि अहिले नेपाली सेनाले टोलीले डिस्पोज गर्न लागेको सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए। 

तिमल्सिनाले भोटे पुलमा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएपनि उक्त स्थानमा भने शंकास्पद वस्तु फेला नपरेको बताए। उनले भने,‘नेपाली सेनाको टोलीले अहिले इटहरी उपमहानगरपालिकाको गेट अगाडिको शंकास्पद वस्तुलाई डिस्पोज गर्दैछ। त्यसपश्चात अरु स्थानमा राखिएको शंकास्पद वस्तुको पहिचान गर्ने तयारी छ।’  

उनले जानकारी आएका स्थान वरिपरि प्रहरीले थप अनुसन्धान गरिरहेको बताए। प्रहरीले शंकास्पद वस्तु  नजिक कसैलाई पनि जान दिएको छैन। प्रहरीलाई राजावादी समूहको नाममा बम राखेको भन्दै जानकारी आएको बताइएको छ।  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.