सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु

सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु
सुन्नुहोस्

मलङ्गवा : सर्लाहीको बरहथवा स्थित नयाँरोड–मधुवनी सडकखण्डमा सोमबार राती ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९ मूर्तियास्थित शान्ति चोकमा बलराबाट उखु बोकेर हरिवन चिनी मिलतर्फ जाँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.