विश्वभर नयाँ वर्ष २०२५ मनाइँदै

विश्वभर नयाँ वर्ष २०२५ मनाइँदै
सुन्नुहोस्

सन् २०२५ को विश्वका विभिन्न देशमा भव्य तरिकाले स्वागत गरिएको छ। पश्चिमी युरोपेली देश बेलायत, फ्रान्स र जर्मनीमा नयाँ वर्ष मनाउने क्रम जारी छ। 

बेलायतका धेरै सहरमा पानी परेको भए पनि मानिसको उत्साहमा कमी आएको छैन । यसैबीच युद्धको चपेटामा परेका रुस र युक्रेनले पनि नयाँ वर्षलाई भव्य रुपमा नै स्वागत गरेका छन् । युएईको प्रसिद्ध भवन बुर्ज खलिफामा भव्य तरिकाको लेजर शो र आतिशबाजी प्रदर्शन गरिएको थियो।

भारत, चीन, मलेसिया, सिंगापुर, न्यूजिल्याण्ड जस्ता देशमा पनि नयाँ वर्ष सुरु भएसँगै रातीदेखि नै मनाइएको छ।

nullजापानको परम्परा अनुसार नयाँ वर्षमा बौद्ध मन्दिरहरूमा १०८ पटक घण्टी बजाइन्छ। दक्षिण कोरियामा भने विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएकाले गर्दा नयाँ वर्ष मनाउने कार्यक्रम निकै सीमित भएको जनाइएको छ ।

अस्ट्रेलियाको सिड्नी हार्बरमा परम्परागत आतिशबाजी हेर्न करिब १० लाख मानिस भेला भएका सञ्चारमाध्यममा उल्लेख छ । नयाँ वर्षको अवसरमा मेलबर्नको यारा नदीको किनारमा विशाल आतिशबाजी गरिएको थियो। 

nullसबैभन्दा पहिला न्यूजील्याण्डको अकल्याण्ड सहरमा सन् २०२५ सुरु हुने बताइन्छ। 

नेपालमा पनि धुमधामका साथ अंग्रेजी नयाँ वर्ष मनाइएको छ। विशेष गरी पर्यटकहरुको चहलपहल सुरु हुने ठाउँमा नयाँ वर्ष मनाउनेको भीडभाड थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.