आज टोपी दिवस मनाइँदै
काठमाडौं : आज अन्तराष्ट्रिय पोशाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज काठमाडौंलगायत देशका विभिन्न स्थानमा टोपी दिवस मनाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि जागरूक युवाले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएका हुन्।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।