बसन्तपुरमा राष्ट्रिय टोपी दिवस मनाइँदै (तस्बिर)

बसन्तपुरमा राष्ट्रिय टोपी दिवस मनाइँदै (तस्बिर)
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गर्दै आज मनाइएको छ। जागरूक युवा अभियान नेपाललगायत विभिन्न संघसंस्था एवम् व्यक्तिहरू बसन्तपुरमा भेला भइ राष्ट्रिय टोपी दिवस मनाएका हुन्।

null

'सबै पोसाकको सम्मान : नेपाली टोपी नेपालीको पहिचान' को मूल नारासहितको १२ औं टोपी दिवस मनाइएको हो। 

अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए। उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देशविदेशमा फैलिएको भन्दै खुसी व्यक्त गरे।

श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहरुले विवादित बनाउने कोसिस भइरहेको बताए।nullकार्यक्रममा सहभागी युवाहरूले विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाका टोपी र भादगाउँले कालो टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गरेका छन्।

औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरूले अभियान सुरु गरेका हुन्। ढाका र भाट्गाउँले टोपीको आगमन, प्रयोग र विस्तार जसरी भएता पनि अहिले विश्व समुदायले झट्ट देख्ने बित्तिकै नेपालीलाई चिन्ने एउटा गर्विलो पहिरन टोपी बनेको छ।

null

nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.