वीरगन्जमा मनाइयो राष्ट्रिय धोती दिवस

वीरगन्जमा मनाइयो राष्ट्रिय धोती दिवस
तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : नयाँ अंगेजी वर्षको दिन बुधबार वीरगन्जमा राष्ट्रिय धोती दिवस मनाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ताले वीरगन्जमा राष्ट्रिय धोती दिवस मनाएका हुन् । 

धोती,कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट र्‍याली निकालेर वीरगन्ज सहरको नगर परिक्रमा गरेका थिए । घण्टाघर चोकबाट सुरु भएको र्‍याली माइस्थान, आदर्शनगर, घडिअर्वाहुँदै पुन घण्टाघर चोकमै पुगेर समापन भएको थियो । 

null

घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसीको पहिचान भएकाले यसलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिलाउन दिवसका रुपमा मनाउन थालिएको बताए।

उनले अन्य जात र समुदायको पोशाक र पहिरनप्रति आफूहरूको सम्मान रहेको भन्दै धोती कुर्तालाई पनि राष्ट्रिय पोशाकका रुपमा राज्यले मान्यता दिनुपर्ने बताए । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरू सिपु तिवारी,पर्सा इन्चार्ज माधव सिंह,नेतृहरू रम्भा मिश्रा,नजमा खातुन,नेताहरु बृजेश्वर प्रसाद चौधरी,श्याम गुप्ता,राजनारायण मिश्रा लगायतकाकोपनि सहभागिता थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.