वीरगन्जमा आँखाको निःशुल्क शल्यक्रिया

वीरगन्जमा आँखाको निःशुल्क शल्यक्रिया
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा २३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ। वीरगन्ज सामुदायिक आँखा केन्द्रमा मंगलबार साँझ २३ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । शल्यक्रिया गरिएकाहरूलाई चश्मा र औषधि पनि निःशुल्क उपलब्ध गराइएको साहिब दरबार वीरगन्ज नेपालका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । 

सहनीका अनुसार, गत शनिबार वीरगन्ज महानगरपालिका-२१ ताजपुरमा साहिब दरबार वीरगन्जले वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । उक्त शिविरमा १६५ जनाको आँखा परीक्षण गरिएकोमा ३८ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो।

उनीहरूमध्ये २३ जना मात्र अस्पतालमा आएकाले उनीहरूको शल्यक्रिया गरेर बुधबार बिहान घर पठाइएको वीरगन्ज सामुदायिक आँखा केन्द्रका सञ्चालक महेश सिंह धामीले जानकारी दिए । 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.