राष्ट्रपतिबाट पाँच देशका राजदूतले लिए शपथ
काठमाडौं : नवनियुक्त पाँच देशका राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ ग्रहण गरेका हुन्।
राष्ट्रपति पौडेल समक्ष नवनियुक्त राजदूत पोर्चुगलका प्रकाशमणि पौडेल, गणतन्त्र दक्षिण अफ्रिकाका प्रा. डा. कपिलमान श्रेष्ठ, बेल्जियम अधिराज्यका सेवा लम्साल, मलेसियाका डा.नेत्र प्रसाद तिम्सिना र डेनमार्कका सुम्निमा तुलाधरले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरूलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका हुन।
शपथ समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।